महामारीले फेरिएको जविनशैली : बढ्यो कार्डमार्फत हुने भुक्तानी

पछिल्लो समय कोरोना महामारीका कारण वस्तु तथा सेवा अनलाइनबाटै खरिद गर्ने क्रम बढेको छ । यसरी वस्तु तथा सेवा खरिद गरेवापत डेबिड तथा क्रेडिट कार्डबाट हुने कारोबार संख्या र भुक्तानी रकमसमेत बढेको छ ।

पैसाको प्रत्यक्ष कारोबार गर्दा  भाइरसको जोखिम बढ्ने भन्दै नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय अनलाइन भुक्तानीका विभिन्न माध्यमलाई प्राथमिकता दिँदै शुल्कमा छुटको व्यवस्था गरेकाले पनि कार्डमार्फत हुने भुक्तानी बढेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकमा डेबिड कार्डबाट ६६ लाख ५० हजार ५६७ पटक कारोबार भएको छ । सो अवधिमा ५८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको केन्द्रीय बैँकको तथ्यांक छ । 

असोजमा यस्तो कारोबार ५९ लाख ५२ हजार ६९३ पटक भएको थियो भने भदौमा ४१ लाख १८ हजार १८२ पटक भएको थियो । असोजमा ४९ अर्ब रुपैयाँको कारोबार भएकोमा भदौमा ३३ अर्बको मात्र कारोबार भएको छ । 

पछिल्लो तथ्यांक हेर्दा यस्तो कारोबार क्रमशः बढ्दै गएको देखिन्छ । 

त्यस्तै क्रेडिट कार्डबाट हुने कारोबार पनि बढेको छ । कात्तिकमा क्रेडिट कार्डबाट १ लाख ४१ हजार ३३३ पटक कारोबार भएको छ ।



असोजमा यस्तो कारोबार १ लाख २८ हजार ४६० पटक र भदौमा  ७६ हजार ३१७ पटक कारोबार भएको केन्द्रीय बैंकको तथ्यांक छ । 



  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १५:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया