दाङबाट सल्यान हिँडेको बस भेरीमा खस्यो
फरकधार / २३ पुस, २०७७

छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले नजिकैबाट भेरीमा बस खसेको छ । दाङबाट रिजर्भका यात्रु लिन सल्यानको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको हो । 

नदीमा बस डुबेकाले गाडी नम्बर तथा यात्रुको बारेमा विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
‘दुर्घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय बोटेचौर र मेहलकुना घटनास्थलतर्फ गइरहेका छन्,’ प्रवक्ता घर्तीले भने, ‘प्रहरी पुग्नेबित्तिकै थप विवरण आउँछ ।'

 

  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १५:४९:२८,   अन्तिम अपडेट : पुस २३, २०७७ बिहीबार १५:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया