वित्तीय संस्थाले संकलन गरे ४२ खर्ब निक्षेप

नेपालका बैंक तथा वित्तीय संस्थाले मंसिरको अन्तिमसम्म ४१ खर्ब ९० अर्ब ७१ करोड बराबरको निक्षेप संकलन गरेका छन् । 

राष्ट्र बैकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको मंसिर अन्तिमसम्म हालको निक्षेपमा ३ खर्ब ३४ अर्ब १४ करोड ९० लाख रहेको छ । 

यस्तै बैंकको बचत खातातर्फ १३ खर्ब ३८ अर्ब ७२ करोड ३० लाख निक्षेप जम्मा भएको छ  । जुन अघिल्लो महिनाको तुलनामा ०.६७ प्रतिशतले बढेको हो ।  गत कात्तिकको अन्तिमसम्म बचत खातामा १३ खर्ब २९ अर्ब ८७ करोड ५० लाख निक्षेप जम्मा भएको थियो ।

यसैगरी, मुद्दती निक्षेपअन्तर्गत २० खर्ब ४७ अर्ब ४९ करोड ५० लाख रुपैयाँबराबरको निक्षेप रहेको छ । 

गत महिना ३ खर्ब ७६ अर्ब १५ करोड ८० लाख रहेको रकम मंसिरको अन्तिमसम्म बढेर ३ खर्ब ९१ अर्ब ७४ करोड ९० लाख पुगेको छ । 
 





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १६:३०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया