धनगढीमा प्रधानमन्त्रीको स्वागतमा भव्य तयारी [फोटो फिचर]

प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) धनगढी आउने भएका छन् । पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यका बाहिरको जनसभालाई सम्बोधन गर्न आउन लागेका हुन् । 

प्रधानमन्त्रीको स्वागतका लागि धनगढीमा भव्य तयारी गरिएको छ । प्रधानमन्त्रीको कार्यक्रमलाई बाधा व्यवधान नहोस् भन्ने हेतुले धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको जनाएको छ। सुरक्षाका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।

जनसभास्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर बोक्न र कालो मास्कसमेत लगाउन पाइने छैन ।





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १२:२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया