कोरोना कालमा आम मानिसले कस्तो दुःख भोगे ? अहिले कस्तो दुःख भोग्दै छन् ? सबै कुरा भोग्ने मानिसमा नै सीमित छन् । केहीका दुःख समाचारमा आए पनि कोरोना कालका असरमाथि फिल्महरु निर्माण भइसकेका छैनन् ।
कोरोना कालको यही पाटोलाई समेटिएको छोटो फिल्म ‘सहारा’ सार्वजनिक भएको छ । सहारामार्फत् कोरोना कालमा गुमेको रोजगारी र त्यसपछि सम्बन्धमा आएको समस्यालाई प्रस्तुत गरिएको छ । सार्वजनिक छोटो चलचित्रमा ध्रुव दत्त, श्रृजना निङ्गलेकु, पुरु राईको अभिनय छ ।
पुरु राईको लेखन तथा निर्देशन रहेको सहारामा कुशल श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।