प्रधानमन्त्रीले प्रतिनिधिसभा सुचारु गरुन्, फेरि कुरा मिल्छ : नारायणकाजी

काठमाडौं : राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधिसभा विघटनको कुनै अधिकार नदिएको बताएका छन्। राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले यस्तो भनेका हुन्। 

'प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई संविधानको कुनै धाराले दिएको छै, संविधान बनाउँदा पनि त्यस्तो प्रावधान राखिएको थिएन', उनले भने, 'यो पूर्ण रुपमा असंवैधानिक छ। प्रधानमन्त्री र प्रधानमन्त्रीका साथीहरूले राजनीतिक बाध्यता भनेका छन्। तर यसलाई कुनै हालतमा स्वीकार्न सकिँदैन।'

नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता समेत रहेका श्रेष्ठले कुनै पार्टीको आन्तरिक विवादकै कारण संसद विघटन गर्न नपाइने जिकिर गरे। 'कुनै पार्टीको आन्तरिक विवादका कारण नेपाली जनताको संविधानको हत्या गर्न पाइँदैन', उनले भने, 'संवैधानिक अंगको भूमिकाप्रति हामी विश्‍वस्त छौँ। सर्वोच्च अदालतलाई हाम्रो संविधान संशोधन अधिकार दिएको छैन। त्यसैले संविधान अन्तर्गत निर्णय लिँदा संसद पुन:स्थापना हुनुपर्छ।'

नेता श्रेष्ठले प्रधानमन्त्रीले अझै पनि प्रतिनिधिसभा सुचारु गराएमा कुरा मिल्ने बताए। 'प्रधानमन्त्रीले  प्रतिनिधिसभा सुचारु बनाउने दिशातर्फ सोच्नुपर्छ', उनले अगाडि भने, 'यदि प्रतिनिधिसभा सुचारु भएमा अझै कुरा मिलाएर अघि बढ्न सकिन्छ।'
 





  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १४:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया