टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
फरकधार / २४ पुस, २०७७

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । सुर्खेत–नेपालगञ्ज सडक अन्तर्गत भेरीगंगा नगरपालिकास्थित छिन्चु बजार नजिकै वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

मोटरसाइकलमा सवार दुई जनामध्ये मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार २०:२७:१३,   अन्तिम अपडेट : पुस २४, २०७७ शुक्रबार २०:२९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया