देउवाले भने : निर्मलालाई न्याय खोज्ने युवालाई पक्रिनु निन्दनीय

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलाई न्याय माग्दै पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको नेकपाको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी पुगेका बेला केही युवाहरुलाई निर्मलालाई न्याय चाहियो भन्ने सन्देश लेखिएका टिसर्ट लगाएर कार्यक्रमस्थलमा पुगेका थिए।

उनीहरुलाई त्यहाँबाट सशस्त्र प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको टोलीलाई जिम्मा लगाएको थियो। त्यसरी धनगढीको कार्यक्रमस्थलबाट ६ जना युवाहरु समातिएका थिए।

'धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनीय छ', देउवाले भनेका छन्, 'दोषीलाई कारबाहीको माग गर्छु, शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य-मान्यता विपरीत हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु ।'

धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय...

Posted by Sher Bahadur Deuba on Friday, January 8, 2021




  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार २१:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया