कोरोनाभाइरसः बेलायतमा एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

कोरोनाभाइरस महामारी सुरु भएपछि बेलायतमा एकै दिनमा सबैभन्दा धेरैको मृत्यु रेकर्ड गरिएको छ । त्यहाँ पछिल्लो २४ घन्टामा १ हजार ३ सय २५ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका हुन् ।

योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार पुगेको छ ।

अनि पछिल्लो २४ घन्टामा बेलायतमा ६८ हजार ५३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

अर्कोतिर बेलायतमा तेस्रो कोरोनाभाइरस भ्याक्सिनले पनि अनुमति पाएको छ । अमेरिकी मोडेर्ना कम्पनीले बनाएको भ्याक्सिनलाई अब बेलायतमा अनुमति दिइएको हो ।





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया