१७ र २७ वैशाखमै हुन्छ चुनाव, तयारी थाल्नुहोस्ः प्रधानमन्त्री ओली
फाइल तस्वीर ।

प्रधानमन्त्री तथा नेकपामा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अब निर्वाचन यसअघि तोकिएकै समयमा हुने दाबी गरेका छन् । 

शनिबार कमलादीमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएको र भनिएको समयमा नै चुनाव हुने बताएका हुन् । 

‘१७ र २७ वैशाखमा नै चुनाव हुन्छ, तयारी थाल्नुहोस्,’ ओलीले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘साथीहरु, अब तयारी गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले अहिले न्यायालयविरुद्ध विभिन्न नारा लगाइएको भन्दै यस्तो कार्य रोक्नु पर्ने र आफूहरुले कहिल्यै पनि न्यायालयविरुद्ध नारा नलगाउने पनि बताएका छन् ।

यसअघि शुक्रबार धनगढीमा पनि प्रधानमन्त्री ओलीले चुनाव ताेकिएकै समयमा हुने दाेहाेर्‍याएका थिए ।





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १७:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया