कोरोनाभाइरसः विश्वभर पछिल्लो समय कस्तो छ अवस्था ? बढ्दैछ मृत्युदर

सन् २०१९ को डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको कोरोनाभाइरसका कारण अहिले पनि विश्व सन्त्रासमा छ । विश्वका विभिन्न देशमा कोरोनाभाइरस भ्याक्सिनको खोप सुरु भएको छ । तर, पनि कोरोनाको प्रभाव झन् बढ्न थालेको छ । 

पछिल्ला दिनमा बेलायतमा यसको असर सबैभन्दा बढी देखिन थालेको छ । 

नयाँ स्ट्रेन आएसँगै बेलायतमा अहिले दैनिक एक हजारभन्दा धेरैको मृत्यु कोरोनाका कारण हुन थालेको छ । केही दिन यता त बेलायतमा १ हजार ३ सय जनाले कोरोनाका कारण ज्यान गुमाउन थालेका छन् । शनिबार पछिल्लो २४ घन्टामा बेलायतमा १ हजार ३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

उता, जापानमा पनि कोरोनाको प्रभाव बढ्न थालेको छ। जापानको राजधानी टोकियो र अन्य सहरमा फेरि अपातकाल लगाउन सकिने अनुमान गरिएको छ । त्यहाँका प्रान्तहरुले प्रधानमन्त्रीलाई चिठी लेखेर आपतकाल घोषणा गर्न अनुरोध गरेका छन् । पछिल्लो समय जापानमा प्रत्येक दिन कम्तिमा पनि १० हजार जना नयाँ संक्रमित थपिन थालेका छन् ।

विश्वभर अब कोरोना संक्रमितको संख्या ८ करोड ९७ लाखभन्दा धेरै भएको छ । यीमध्ये ६ करोड ४२ लाखभन्दा धेरैले कोरोना जितिसकेका छन् । अनि कोरोनाका कारण विश्वभर १९ लाख २८ हजार जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा पनि सन् २०२१ सुरु भए यता कोरोना संक्रमितको संख्या बढ्दो छ । त्यस्तै, क्यानडामा पनि कोरोनाको खतरा बढेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त शुक्रबार राति त्यहाँ सम्बोधन गरेर कोरोनाको खतरा थप बढेको बताएका छन् ।





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार ४:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया