के नेकपाका कार्यकर्तालाई कोरोनाको खतरा छैन ?

विश्व अहिले सबैभन्दा बढी त्रसित छ, कोरोनाभाइरस महामारीका कारण । विश्वभर पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । अनि पछिल्लो समय भेटिएको नयाँ स्ट्रेनका कारण कोरोनाको खतरा थप बढेको अनुमान भइरहेका छन् ।

तर, नेपालमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई समूह केपी ओली समूह र प्रचण्ड–नेपाल समूह आआफ्नो शक्ति देखाउन सडकमा निस्किएका छन् । 

शनिबार दिउँसो काठमाडौंमा ओली समूहले बानेश्वरदेखि धोती जुलुस निकालेको थियो । जुलुसमा सहभागी हुनेहरु अत्यन्त कमले मात्र मास्क लगाएका थिए । 

यसमा केही व्यक्तिहरु तराईको जिल्लाबाट पनि आएका थिए । पछिल्लो समय कोरोनाभाइरस महामारीको खतरा बढिरहँदा यस्ता जुलुसहरुले थप संक्रामणको खतरा बढाएका छन् । तर, नेकपाका दुई समूहले यसलाई बेवास्ता गर्दै अगाढि बढिरहेका छन् । 

के कोरोनाभाइरसको यस्तो महामारीमा जिम्मेवार पदमा पुगिसकेका व्यक्तिहरुले यसको ख्याल गर्नु पर्दैन ? अमेरिका, बेलायत, जापान र भारतमा पनि पछिल्लो समय बढिरहेका कोरोनाभाइरस संक्रमितको संख्या र मृत्युदरका कारण के नेकपाका नेता तथा कार्यकर्ताले नेपालमा पनि यसको खतरा बढेको छ भन्ने सोच्नु पर्दैन ?





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार ४:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया