पाकिस्तान सुपर लिगको ड्राफ आज

पाकिस्तान सुपर लिग (पिएसएल) टि–२० लिगको ड्राफ आज (आइतबार) हुँदैछ । ड्राफ नेपाली समय अनुसार साँझ सवा ५ बजे लाहोरमा हुनेछ । 

पिएसएलको ड्राफमा १० नेपाली परेका छन् । जसमा युवा क्रिकेटर सन्दीप लामिछाने सबैभन्दा महङ्गो श्रेणी प्लाटिनममा पर्दा अन्य ९ खेलाडी सिल्भर श्रेणीमा परेका छन् । 

प्लाटिनम श्रेणीमा पर्ने खेलाडीले १ लाख ४० हजारदेखि २ लाख  ३० हजार अमेरिकी डलरसम्म प्राप्त गर्नेछन् । सिल्भर श्रेणीमा पर्ने खेलाडीले १५ हजारदेखि ३५ हजार अमेरिकी डलरसम्म प्राप्त गर्नेछन् । 

सिल्भर श्रेणीमा पर्ने नेपाली खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, पवन सरार्फ, सुवास खकुरेल, अविनाश बोहोरा र आरिफ शेख छन् । 

ड्राफमा पिएसएल खेल्ने ६ फ्रेन्चाइज टोलीले खेलाडीमाथि बोली लगाउने छन् । लिगमा लाहोर कलन्दर्स, सुल्तान मुल्तान, कोटा ग्याडियटर्स, इस्लामाबाद युनाइटेड, पेसावर जाल्मी र कराँची किंग्सको सहभागिता रहनेछ ।





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार ११:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया