गायक अंकितसँग गायिका माण्डबीको १ घण्टामै माया बस्यो

गायक अंकित न्यौपाने र गायिका माण्डबी त्रिपाठीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक नयाँ गीतमा गायक गायिकाले एक घण्टामै माया बसेको कुरा गरेका छन् । ‘एक घण्टामै माया बस्यो महिना लाग्छ भन्थ्यौ’ बोलको गीतमा गायक गायिकाले माया रोमान्सका कुरा गरेका छन् ।

लेखराज गिरीले लेखेको उक्त गीतमा गीतकार गिरीकै संगीत सुन्न सकिन्छ । गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियो सुन्दर सोस र याङ्सु श्रेष्ठले अभिनय गरेका छन् । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुन्दर र याङ्सु खुलेका छन् । म्युजिक भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

 





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १३:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया