प्रचण्ड-माधव सचिवालय बैठक : अधिनायकवादी कार्य तत्काल रोक्न प्रधानमन्त्रीलाई चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठक सम्पन्न भएको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ । 

चारजना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानीत गरेको र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गर्दै भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

चारजना प्रधानन्यायाधीशहरुले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता र सुशासनप्रतिको निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा प्रतिनिधि सभा विघटनको बारेमा वक्तव्य दिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले उनीहरुलाई अपमानित गर्ने र धम्क्याउने काम गरेको बताए । उनले भने, 
‘यो कार्य आपत्तिजनक छ र बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भर्त्सना गरेको छ । 

बैठकले सबै नागरिक समाज प्रबुद्ध व्यक्तिलाई एकजुट हुन र संवैधानिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न आह्वान गर्ने निर्णय गरेको जानकारी श्रेष्ठले दिए । साथै बैठकले सरकारी सञ्चारमाध्यमले कुनै गुटको प्रचारक जस्तो काम गरेको भन्दै राज्यको स्रोत–साधन दुरुपयोग गर्दै गुटलाई सेवा गर्ने काम बन्द गर्न मागसमेत गरेको छ । 

सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरिएकोमा आफूहरुको विरोध रहेको बताए । 



प्रतिनिधि सभा विघटनपछिको प्रधानमन्त्री ओलीको पहिलो सम्बोधनलाई अस्वीकार गर्दै राष्ट्रिय सभाको आइतबारको बैठकमा सहभागी नभएको पनि उनको भनाइ छ । 

सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिँदै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डको भारत भ्रमण परिवारलाई स्वास्थ्यउपचार गराउने सिलसिलामा भएको र उनको कुनै राजनीतिक भेटघाट तथा राजनीतिक वार्ता नभएको पनि स्पष्ट पारे । 



  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १९:५३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया