निर्वाचन या प्रतिनिधिसभा पुन:स्थापना दुवै विकल्पका लागि कांग्रेस तयार छ : निधि

प्रतिनिधिसभा विघटनपछि यस विषयमा कांग्रेसको ठोस धारणाका विषयमा अहिले सबैलाई चासो छ । पार्टी सभापति देउवा निर्वाचनको पक्षमा देखिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला आन्दोलनमा हामिनुपर्ने पक्षमा छन् । 

यसैबीचमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो धारण सार्वजनिक गरेका छन् । उनले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताएका छन् । 

सहिद सत्यनारायण पाठकको स्मरणमा निर्माण गरिएको शालिकको अनावरण कार्यक्रममा आइतबार बोल्दै उनले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि वा निर्वाचन जे भए पनि विकल्पका लागि कांग्रेस तयार रहेको बताए । 
 
प्रतिनिधिसभा पुनर्स्थापना हुने–नहुने विषयमा सर्वोच्च अदालतले निर्णय गर्ने भन्दै उनले चुनावको तयारीमा लाग्न कांग्रेसका नेता–कार्यकर्ताहरुलाई आह्वान गरे ।

‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी रहेकोले जनतामाझ जान सदैव तत्पर छ,’ उनले भने, ‘बरु कम्युनिस्ट र लोकतन्त्र कहिल्यै सँगै हिँड्न सक्दैन, जसको प्रत्यक्ष उदाहरण प्रधानमन्त्री ओलीको पछिल्लो असंवैधानिक कदम हो ।’

संघीयता र गणतन्त्रविरोधी ओलीले संसदीय व्यवस्थामा लगाएको रोगको उपचार अदालतले गर्नेमा नेता निधिले विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार २०:५३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया