राति घर अगाडि राखेको गाडीमा आगो लगाइयो

सप्तरीमा रोकि राखेको एक भ्यानमा आगजनी गरिएको छ । गएराति सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा रोकि राखेको स १ च १७२५ नं पिकअप भ्यानमा आगो लगाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आफ्नै घर अगाडि रोकिराखेको बेचन मुखियाको पिकअप भ्यानमा राति १ बजेतिर आगो लगाइएको हो । 

आगजनी गर्ने व्यक्ति तथा समूह पत्ता नलागेको प्रहरीले जानकारी दिएको छ । के कारण र कसले आगो लगाएको नखुलेको र  घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । 

आगलागीबाट गाडीको करिब आधा भाग जलेर नष्ट भएको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार ११:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया