लघुवित्त कम्पनीसँग पुनर्कर्जाको आवेदन माग


नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई एकमुष्ट रुपमा प्रदान गर्ने साधारण पुनर्कर्जाका लागि आवेदन मागेको छ ।

बैंकले सोमबार सूचनाअनुसार माघ १२ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

राष्ट्र बैंकका अनुसार पुनर्कर्जाका लागि लघुवित्त संस्थालाई अघिल्लो त्रैमासको पुँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनुपर्ने, पुँजीकोष राष्ट्र बैंकले तोकेअनुरुपको हुनुपर्ने, चुक्ता पुँजी तोकिएअनुसार हुनुपर्ने, सिइओ तथा सञ्चालक समिति कारबाहीमा परेको हुन नहुने र कार्यक्षेत्र बाहिर कर्जा प्रवाह गरेको हुन नहुनेलगायतका सर्त तोकेको छ ।

लघुवित्त कम्पनीले आफनो पुँजीकोषको ६५ प्रतिशतसम्म रकमका लागि पुनर्कर्जा आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले भने अनुसारको चुक्ता पुँजी र पुँजी कोष अनुपात कायम गरेका लघुवित्तहरुले मात्र पुनर्कर्जामा आवेदन दिन पाउनेछन् । 

कम्पनीहरुले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्नेछ । त्यस्तै पुनर्कर्जा प्राप्त गर्ने लघुवित्तले सम्पूर्ण ऋणीको ब्याजदर कम हुने गरी ब्याजदरमा सो रकम समायोजन गर्न पनि निर्देशन दिएको छ ।





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १३:४७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया