भारतमा ह्वाट्सएप र फेसबुक प्रतिबन्ध गर्न माग

कन्फेडेरेशन अफ अल इन्डिया ट्रेडर्स (सिएआइटी) ले भारतमा ह्वाट्सएप र फेसबुकलाई प्रतिबन्ध गर्न माग गरेको छ ।

ह्वाट्सएपले सार्वजनिक गरेको नयाँ नीतिले प्रयोगकर्ताको व्यक्तिगत जानकारी, कारोबारको जानकारी, कन्ट्याक्ट नम्बर, लोकेशनलगायत महत्वपूर्ण विषय आफ्नो प्रयोजनका लागि प्रयोग गर्न सक्ने बनाएको छ ।

यसरी प्रयोगकर्ताको जानकारी संकलन गरी उक्त जानकारी फेसबुकसँग समेत सेयर गर्न सक्ने ह्वाट्सएपको नीतिलाई कार्यान्वयन ल्याउन नदिन सिएआइटीले मन्त्रालयलाई पत्र पठाएको हो ।

‘सरकारले तत्कालै ह्वाट्सएपको नयाँ नीतिलाई कार्यान्व्यनमा ल्याउनबाट रोक्नुपर्छ,’ सिएआइटीले सूचना प्रविधि मन्त्री रविशंकर प्रसादलाई पठाएको पत्रमा भनिएको छ,  ‘अथवा ह्वाट्सएप र उसको प्यारेन्ट कम्पनी फेसबुकलाई बन्द गर्नुपर्छ ।’

भारतमा २० करोडभन्दा बढी फेसबुक प्रयोगकर्ता छन् । यदि सम्पूर्ण प्रयोगकर्ताको जानकारी प्रयोग गर्न दिएको खण्डमा यसले देशको आर्थिक र सुरक्षामा ठूलो असर पार्न सक्ने सिएआइटीको भनाइ छ ।





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १४:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया