भारतमा कोरोनाभाइरस भ्याक्सिन विभिन्न सहरमा पुर्याउने अभियान सुरु भएको छ । योसँगै भारतको राजधानी दिल्लीमा पनि कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज पुगेको छ ।
भारतका एयर इन्डिया, इन्डिगो एयरसहित ९ एयरलाइन्सले ५६.५ लाख डोज भ्याक्सिन दिल्लीका विभिन्न ठाउँमा पुर्याएका हुन् ।
भारतमा पछिल्ला दिन कोरोना संक्रमण रोकिएको छैन । पछिल्लो २४ घन्टामा भारतमा १२ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । त्यहाँ १ सय ६७ जनाको कोरोनाभाइरसका कारण निधन भएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या एक करोड चार लाख ७९ हजार पुगेकोछ ।
भारतमा १६ जनवरीदेखि कोरोनाभाइरस भ्याक्सिन लगाउने अभियान सुरु हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।