पछिल्लो समय मनोरञ्जन क्षेत्रका कलाकारले आफ्नो पारिश्रमिक घटाउनु पर्ने बहस सुरु भएको छ । कोरोनाका कारण थलिएको मनोरञ्जन क्षेत्रलाई गति दिनका लागि पनि यस क्षेत्रका कलाकारले न्यून पारिश्रमिकमा काम गर्नु पर्ने बहस सुरु भएका बेला अभिनेता पल शाहले भने आफ्नो पारिश्रमिक बढाएका छन् । उनले म्युजिक भिडियोमा अभिनय गरेवापत लिने गरेको पारिश्रमिक बढाएका हुन् ।
पल शाह म्युजिक भिडियोमा निक्कै रुचाइएका कलाकार हुन् । उनले यसअघि एउटा म्युजिक भिडियोमा अभिनय गरेको शुल्क १ लाख लिँदै आएका थिए । आफ्नो पारिश्रमिक ५० हजार बढाएर १ लाख ५० हजार बनाएका छन् ।
कोरोना कालमा ठूला फिल्म ठप्प हुँदा धेरै चिनिएका कलाकारहरु म्युजिक भिडियोमा आए । म्युजिक भिडियो हुँदै फिचर फिल्ममा प्रवेश गरेका पल अहिले पनि निर्माता, निर्देशकको पहिलो रोजाइमा पर्ने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।