नयाँ उचाइमा नेप्से, तीन दिनकै ७० अंकको वृद्धि

साताको पहिलो कारोबारदेखि नै उकालो लागेको सेयर बजार मंगलबार थप २८ दशमलव ३१ अंकले बढेको छ । साताको तेस्रो दिनसम्म आइपुग्दा परिसूचक ७० अंकले बढेको छ ।

मंगलबार परिसूचक हालसम्मकै उच्च विन्दु २२६७ दशमलव ७३ अंकमा पुगेको छ । कारोबार रकम भने चार अर्ब ९८ करोड रुपैयाँको हाराहारीमा रहेको छ । 

दिनभरमा २०२ कम्पनीका एक करोड ३५ लाख कित्ता सेयर किनबेच भएको छ । ३२ कम्पनीको मूल्य घट्दा १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

परिसूचक उच्च बिन्दुमा पुग्दा दैनिक पाँच अर्ब रुपैयाँको हाराहारीमा सेयर किनबेच भइरहेको छ । 


यो साताको बजारलाई बैंकिङ समूहले लीड गरिरहेको छ । मंगलबार पनि सर्वाधिक कारोबार हुनेमा अधिकांश बैंक तथा वित्तीय संस्था रहेका छन् ।



सर्वाधिक कारोबार गर्नेमा मंगलबार प्रिमियर इन्स्योरेन्स अगाडि छ । कम्पनीको ११ प्रतिशत लाभांश घोषणा गरेको दिन २९ करोडरुपैयाँको सेयर कारोबार भएको हो । 

उच्च मूल्य बढ्ने कम्पनीका मंगलबार आइएमई जनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, माथिल्लो तामाकोशी, प्रभु लाइफ र समृद्धि फाइनान्स रहेका छन् । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।



आज ट्रेडिङ समूहबाहेक सबै उपसूचक परिसूचक बढेको छ । हाइड्रोपावरको परिसूचक सर्वाधिक बढेको छ । बजारमा जीवन बीमा समूह करिब ३७६ अंकले बढ्दा निर्जीवन बीमा समूह करिब २७३ अंकले बढेको छ । 
 

  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १५:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया