एमबिबिएस परीक्षाबाट वञ्चित दुई विद्यार्थीलाई तत्काल परीक्षाकाे व्यवस्था गर्न नेविसंघको माग

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले परीक्षाबाट वञ्चित गराएका दुई विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्न नेवि संघले माग गरेको छ । अतिरिक्त शुल्क नतिरेको भन्दै मेडिकल कलेजले रामजी राम र पंकज रामलाई परीक्षाबाट वञ्चित गराएको थियो । 

नेवि संघका अध्यक्ष राजीव ढुंगानाले मंगलबार विज्ञप्ति निकालेर उनीहरुलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाउन माग गरेका हुन् । संघले एमबिबिएस तहका विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने कलेजलाई कारबाही गर्न पनि माग गरेको छ ।

यसबारे शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, चिकित्सा शिक्षा आयोग लगायतलाई समयमै जानकारी गराइएको तर उनीहरुले जिम्मेवारी पूरा नगरेको भन्दै नेवि संघले उनीहरूलाई पनि तत्काल कारबाही गर्न माग गरेको छ।





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १६:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया