कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएका निवेदन खारेज गर्ने फैसला सुनाएको हो । सर्वोच्चले केही विषयमा निर्देशनात्मक आदेशसमेत जारी गरेको छ ।
सर्वोच्चको यो निर्णयसँगै हाल कक्षा ११ लाई कुन पाठ्यक्रम पठनपाठन गराउने भन्ने अन्यौलसमेत अन्त्य भएको छ । अब नयाँ पाठ्यक्रमअनुसार नै पठनपाठन हुने भएको छ ।
निवेदन खारेज भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू हुने भएको छ । कक्षा ११ र १२ पाठ्यक्रम २०७६ सालमा जारी गरेको विद्यालयको शिक्षाको राष्ट्रिय पाठ्क्रम प्रारुप लागू हुने भएको थियो । त्यसविरुद्ध भगवता अर्यालसमेतले २००७ असोज २८ मा रिट दर्ता गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशसमेत जारी गरेको थियो ।
नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु भएपछि उक्त पाठ्यक्रम कार्यान्वयन नगर्न आदेश माग गर्दै अर्यालसमेतले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा सुनुवाई गर्दै कात्तिक १९ गते अन्तरकालीन आदेश गरेको थियो ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्कालका लागि लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।