‘सामान आयात गर्दा बिमा र ढुवानी नेपाली कम्पनीमार्फत गर्नू’


सामान आयात गर्दा यथासम्भव नेपाली बिमा कम्पनीबाट बिमा गराउनुपर्ने पुरानो व्यवस्थामा राष्ट्र बैंकले ढुवानी सेवा पनि थप गरेको छ । 

भारतबाहेक अन्य मुलुकबाट ‘सिआइएफ’ बाहेकका मूल्यमा प्रतीतपत्रमार्फत आयात गर्दा सकभर नेपाली बिमा कम्पनीका साथै ढुवानी कम्पनी पनि नेपाली नै प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यसअघि केन्द्रीय बैंकले बिमा मात्र  समेटेको थियो ।

मंगलबार पुरानो नीति सामान्य परिमार्जन गर्दै ‘संभव भएसम्म नेपालीलाई प्राथमिकता दिनु’ भनी निर्देशन जारी गरेको छ ।

नयाँ व्यवस्थाले नेपाली बिमा र ढुवानी कम्पनीले काम पाउने राष्ट्र बैंकको दाबी छ । 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १८:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया