अवैध काठसहित टिपर नियन्त्रणमा

कागजपत्र नभएको सालको काठसहित टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गढवाले मंगलबार बिहान ८ बजे गढवा गाउँपालिका–२ महदेवाबाट ६३ क्युफिट सालको चिरान काठसहित टिपर समातिएको प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए।

 नियन्त्रणमा लिइएको काठ र सवारी साधनलाई  सव–डिभिजन वन कार्यालयलाई बुझाइएको छ । प्रहरीले रा १ ख ९९५ नम्बरको टिपर नियन्त्रणमा लिएको हो । ‘गाडी र काठ वन कार्यालयलाई बुझाएका छौ । ’ इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भट्टले भने – ‘वन कार्यालयले वन ऐन अनुसार कारबाही अघि बढाइने छ । ’ 





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार ९:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया