उपराष्ट्रपति पेन्सले मानेनन् ट्रम्पलाई कारबाही गर्न
फरकधार / २९ पुस, २०७७
फाइल फोटो

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्पति डोनाल्ड ट्रम्पमाथि संविधानको २५औं संशोधनको प्रयोग गर्न अस्वीकार गरेका छन् । 

अमेरिकी  संसद कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ मंगलबार राति ट्रम्पलाई हटाउँने प्रस्तावलाई पारित गरेको छ । यसैबीच उपराष्ट्रपति पेन्सले हाउस अफ रिप्रिजेन्टेटिभ का सभामुख नेन्सी पेलोसीलाई पत्र पठाउँदै ट्रम्पलाई पदवाट हटाउने निर्णयमा आफू सहमत नभएको जानकारी दिएका छन् । सिएनएनमा प्रकाशित खबर अनुसार उनले एकसाता मात्रै पदमा रहने ट्रम्पलाई अहिले हटाउने निर्णय गर्नु देशका लागि उचित नभएको बताएका छन् । 

बुधबार हाउस अफ रिप्रिजेन्टेटिभले ट्रम्पमाथिको मआअभियोग प्रस्तावलाई पारित गर्ने तयारी गरेको थियो । 

अमेरिकी संविधानको २५औं संशोधनले गरेको व्यवस्था अनुसार सांसदले उपराष्ट्रपतिको सहमतिमा राष्ट्रपतिलाई महाअभियोग लगाई पदबाट हटाउन .सक्ने प्रावधान छ । बाँकी समय राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिले सम्हाल्नु पर्नेहुन्छ । उपराष्ट्रपति तयार नभएको खण्डमा राष्ट्रपतिमाथि कारबाही सफल हुन सक्दैन । 

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १०:५०:५५,   अन्तिम अपडेट : पुस २९, २०७७ बुधबार १०:५९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया