संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनबारे बहस सुरु
फरकधार / २९ पुस, २०७७

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास गठन भएको हो ।

इजलासमा आज सपना मल्ल प्रधान थपिएकी छिन् । त्यस्तै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी पनि इजलासमा छन् ।

यसअघि बुधबार भएको सुनुवाइमा कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण काकीले यो इजलासमा नबस्ने घोषणा गरेका थिए । उनको ठाउँमा सपना मल्ल प्रधान थपिएकी हुन् । तर, उनी यसअघि एमालेको कोटाबाट संविधानसभा सदस्य भएकाले र प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने भएकाले यसमा पनि विवाद उठ्ने अनुमान गरिएको छ ।

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार ११:५३:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया