राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुर्सीबाट हटाउने डेमोक्रेटिक पार्टीका सांसदको कोशिसमा अब ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरु पनि सहभागी हुने भएका छन् ।
प्रतिनिधिसभा सदस्य लिज चेनीले पनि गत साता अमेरिकी क्यापिटलमा भएको हिंसात्मक प्रदर्शनीमा ट्रम्पको साथ रहेको र उनको संलग्नताविरुद्ध महाभियोग चलाउन पर्ने बताएकी हुन् ।
उनले पनि यो प्रक्रियामा अब ट्रम्पलाई आफूले साथ नदिने र ट्रम्पविरुद्ध मतदान गर्ने बताएकी छिन् ।
२० जनवरीमा ट्रम्पको ठाउँमा डेमोक्रेटिक पार्टीका जो बाइडेन आउँदैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।