उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ।
प्रचण्ड–माधव समूहको अनेरास्ववियुले कालो झण्डा देखाएको हो। नेकपा ओली समूहको विस्तारित बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका मन्त्री भट्टलाई अनेरास्ववियुले जिल्ला सदरमुकाम बागबजारमा कालो झण्डा देखाएको हो।
अनेरास्ववियुले कालो झण्डा देखाउँदै ओली सरकारविरुद्ध नारासमेत लगाएको थियो। ओली समूहको विस्तारित बैठक निर्माण व्यवसायी संघको सभा हलमा भइरहेको छ । बैठकमा सहभागी हुनका लागि नेकपा सुदूरपश्चिम इन्चार्जसमेत रहेका मन्त्री भट्ट र प्रदेश कमिटी अध्यक्ष कर्ण थापा डडेल्धुरा पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।