ओलीसँग जी न्युजको अन्तरवार्ता नाटक नै हो : प्रचण्ड
भारतीय इशारामै संसद् विघटन र नेकपा फुटाएको आरोप

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय टेलिभिजन जी न्युजसँग प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अन्तर्वार्तालाई नाटकको संज्ञा दिएका छन्। 

दाहाल-नेपाल समूहले काठमाडौंमा गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले उक्त अन्तरवार्तालाई नाटक भनेका हुन्। 

'जी न्युजको अन्तर्वार्ता पनि एउटा नाटक नै हो', उनले भने, 'त्यो अन्तरवार्ता नाटक मात्रै हो भन्ने कुरा त्यही जी न्युजले एभरेस्टको नाम पनि फेर्ने गरी गरेको प्रचारबाट थाहा भइसकेको छ।'

अध्यक्ष दाहालले ओलीले भारतीय इशारामा प्रतिनिधिसभा विघटन गरेको पनि आरोप लगाएका छन्। 'हाम्रो स्थायी कमिटीमा त उहाँले भारतले सरकारबाट हटाउन खोजेको छ भन्‍नुहुन्थ्यो। तर ओलीजीले अहिले पार्टी विभाजन र संसद विघटन गर्ने काम भारतले भनेर गरेको हो', उनले भने, 'विदेशीको इशारामा नेपालको अस्मितामाथि प्रहार गर्दा उहाँ हार्नु भयो, कलंकको टीका लगाउनुभयो। मैले भारतलाई भन्‍न खोजेको होइन तर केपीजीको त देखियो नि त।'

दाहालले ओलीले सरकार छाड्नुपर्दा कुर्सी भाँच्छु भनेको दाबी गरे। 'पहिले पनि उहाँले भन्नु हुन्थ्यो कुर्सी भााँच्छु तर अहिले त उहाँले संविधान र राष्ट्र नै भाँचकुच बनाउनु भयो', दाहालले भने, 'सामान्य र स्वभाविक मान्छे यस्तो हुँदैन, झन् खुसी भएर हिँडेको छ। ताण्डव नृत्य गर्दैछन्, ओलीले भाङ खाएर नाचे जस्तो।'






  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १५:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया