नेपाल टेलिकमले मोबाइल पेमेन्ट गेटवे सञ्चालनका लागि राष्ट्र बैंकमा अनुमति माग्दै प्रस्ताव पेश भएको छ ।
टेलिकमले छुट्टै कम्पनीमार्फत पेमेन्ट गेटवे सञ्चालनको तयारी गरिरहेको छ । टेलिकमले सञ्चालनको तयारी गरेको पेमेन्ट गेटवेको सबै सेटलमेन्ट राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने बताइएको छ ।
पछिल्लो समय महामारीका कारण आम सर्वसाधारण विद्युतीय भुक्तानीका विभिन्न माध्यममा अभ्यस्त हुँदै गएको अवस्थामा सरकारी स्वामित्वका टेलिकम र वाणिज्य बैंक पेमेन्ट गेटवे संचालनमा जुटेका हुन् ।
अनुमति पाएमा यो सरकारी स्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे हुनेछ । अहिले नेपालमा निजीक्षेत्रबाट सञ्चालित इसेवा, खल्ती, आइएमई पे, कनेक्ट आइपिएस र सेलपेलगायत पेमेन्ट गेटवे प्रयोगमा छन् ।
गत असार मसान्तमै आशयपत्र पाएको उक्त कम्पनीले सेवा सञ्चालन अनुमतिका लागि राष्ट्र बैंकमा केही दिन अघि प्रस्ताव पेश गरेको थियो ।
कम्पनीले पेश गरेका सबै कागजात र विवरण अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले बुझाएको विवरण प्रक्रियागत देखिए सेवा सञ्चालनको अनुमति पाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।