ओलीको पार्टी सडकछाप हो, उहाँ कम्युनिस्ट होइनः माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधव नेपाल–प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी सडकछाप पार्टी भएको बताएका छन् । 

उनले केपी ओली कम्युनिस्ट पनि नभएको बताएका छन् । 

नेपालले नेकपाका अर्का नेता वामदेव गौतमको शब्द सापट लिँदै ओलीलाई फोहोरको ढुंगुरसमेत बताएका छन् । 

‘बांगो पुच्छरमा प्रचण्डले तेल लगाएको त सुन्नुभयो,’ नेपालले भने, ‘ओली झुटका पुलिन्दा हुन् । ओली सुध्रिने मानिस होइन । उहाँ भाँच्न जान्नुहुन्छ, झुक्न चाहनुहुन्न ।’

उनले ओली शिष्ट नभएको पनि आरोप लगाएका छन् । उनले पदमा पुगेपछि ओली निरंकुशता बढ्दै गएको पनि बताएका छन् । उनले प्रधानमन्त्री भएर ओलीले निरंकुश तरिका अपनाएको पनि आरोप लगाएका छन् । 

उनले मन्त्रीको माध्यमबाट नभएर सचिवको माध्यमबाट मन्त्रालय चलाउन थालेको पनि बताएका छन् । ओलीले गुप्तचर संस्था पनि आफ्नो हातमा लिएको आरोप भएको बताएका छन् । 





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १५:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया