केपी ओलीले सूर्य पाउँदैनन् पाए पनि अस्ताएको सूर्य पाउनेछन् : नेता नेपाल

नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधव नेपालले सूर्य चिह्न आफ्नै पक्षले पाउने दाबी गरेका छन् । 

बहुमत सदस्यको समर्थन रहेको र आफ्नो पार्टी नै वास्तविक नेकपा भएको भन्दै उनले वैधानिक रुपमा सूर्य चिह्न आफैँले पाउने बताएका हुन् । 

उनले आफ्नो पार्टीले सूर्य चिह्न पाएपछि ओली पक्षले अस्ताएको सूर्य पाउने बताए । सन्ध्या तिवारीको नेतृत्वमा रहेको पुनर्गठित एमालेले पाएको उदाउँदो सूर्य चिह्नप्रति संकेत गर्दै नेपालले त्यसलाई अस्ताएको सूर्य भनेका हुन् । आयोगको निर्णयपछि ओली पक्ष सोही पार्टीमा मिसिने नेपालले बताए । 

उनले कार्यकर्तालाई वास्तविक नेकपा कुन हो भनेर नअल्मलिन आग्रह गर्दै प्रचण्ड र आफूले नेतृत्व गरेको पार्टीमा आउन आग्रह गरे ।





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १६:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया