माघ २ देखि १७ गतेसम्म काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि विभागीय टोली नेपाल एपिएफ क्लबले शरद भेषवाकरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।
कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टोलीको सहभागिता हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र प्रदेश–१ छन् । एपिएफले माघ ३ मा प्रदेश–१ सँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
समूह ‘बी’मा बागमतीसहित साविक विजेता नेपाल पुलिस क्लब, सुदूरपश्चिम, लुम्बिनी र प्रदेश–२ छन् ।
एपिएफको टोली
शरद भेषवाकर (कप्तान), सुवास खकुरेल, शंकर राना, सन्दीप जोरा, वसन्त रेग्मी, सुमित महर्जन, रित गौतम, कमलसिंह ऐरी, भुवन कार्की, सूर्य तामाङ, मोहम्मद आसिफ शेख, किशोर महतो, प्रदीप ऐरी, अभिनाश बोहरा र अमरसिंह राउटेला ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।