आफैँले काटेको रुखले च्यापेर गोरखामा एकजनाको मृत्यु

गोरखाको भीमसेन थापा गाउँपालिकामा आफैँले काटेको रुखले च्यापेर एकजनाको मृत्यु भएको छ । 

बुधबार साविकको तान्द्राङ गाविसमा बिहान रुख काट्ने क्रममा त्यही रुखले च्यापेर पाँचथर घर भएका १८ वर्षीय उमेश राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुख काट्ने क्रममा उनका दाजु पनि सँगै रहेको र भाइलाई रुखले चेपेपछि दाजुले स्थानीयसँग हारगुहार गरेको प्रहरीले जानकारी गराएको छ ।

मृतकको शव आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरेर प्रहरीले मृतकका आफन्तलाई बुझाएको छ । 





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १९:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया