बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको केही समय भइसकेको छ । तर, अझै पनि उनका प्रशंसकले यस विषयमा कुरा गर्न छोडेका छैनन् ।
यही विषयमा कमेडियन डेनियल फर्नान्डिजले जोक गरेका छन् । उनले जोक गरेसँगै सुशान्तका प्रशंसकले निकै ठूलो आलोचना गरेका छन् । यसमा डेनियलले माफी माग्न परेको छ ।
डेनियलले एक अनलाइनमा एक भिडियो राख्दै सुशान्तको मृत्युमाथि जोक भनेका थिए । उनले यो घटनामा पक्राउ परेकाहरुको विषयमा पनि जोकमा बोलेका थिए । सुशान्तबारे बनेको यो जोकलाई भारतीय प्रशंसकले मन पराएनन् । त्यसैले उनको व्यापक विरोध भएको थियो । अन्ततः उनले माफी माग्दै त्यो भिडियो हटाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।