मेसीबिनाको बार्सिलोना सुपरकपको फाइनलमा

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुग्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोनाले फाइनलमा प्रवेश गरेको हो । 

स्पेनको कोर्डोबामा रहेको नुभो आकन्जेल रंगशालामा भएको खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो । 

खेलको ३९औँ मिनेटमा बार्सिलोनाका लागि फे्रन्की डी जोङले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए ।  ५१औँ मिनेटमा रियल सोसिडाडका लागि माइकेल ओयरजाबलले बराबरी गोल गरे । त्यसपछि अतिरिक्त समयमा समेत कुनै पक्षबाट गोल नहुँदा खेल टाइब्रेकरबाट पुगेको थियो । 

टाइब्रेकरबाट बार्सिलोनाले ३–२ ले जित हात पार्न सफल भयो । एन्टोनी ग्रिजम्यान र  पहिले गोल गरेका फ्रेन्की डी जोङले पेनाल्टीमा गोल गर्न सकेनन् ।
बार्सिलोना यस खेलका नियमित कप्तान मसीबिना मैदानमा उत्रिएको थियो ।

सुपरकपको साबिक विजेता रियल मड्रिडले दोस्रो सेमिफाइनलमा एथ्लेटिको बिल्बाओसँग खेल्नेछ। सो खेलको विजेताले उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ।





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार ७:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया