पिएसजीले जित्यो ट्रफी डेस च्यापियन्सको उपाधि

पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले ट्रफी डेस च्यापियन्सको उपाधि हात पारेको छ । बुधबार राति भएको खेलमा मार्सेइलीलाई २–१ ले हराउँदै सिएसजीले उपाधि जितेको हो । 

पिएसजीको जितका लागि माउरो इकार्डीले ३९औं र नेइमारले पेनाल्टीमार्फत ८५औं मिनेटमा गोल गरे । मार्सेइलीका लागि दिमित्री पायटले ८९औं मिनेटमा गोल गरे। 


गत सिजनका फ्रान्सेली लिग १ र फ्रान्सको नकआउट प्रतियोगिता कप डे फ्रान्सको विजेताबीच ट्रफी डेस च्यापियन्स हुन गर्छ । पीएसजी गत सिजनको लिग १ को र फ्रान्सको नक आउट कप डे फ्रान्स दुवैको विजेता हो । मार्सेइली लिग १ को उपविजेताको रुपमा ट्रफी डेस च्यापियन्स खेल्न पाएको हो । 

 पिएसजीको प्रशिक्षकका रुपमा माउरिसिओ पोकेतिनोले पहिलो उपाधि जितेका छन् ।





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार ८:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया