देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकोप्टरलाई गोरखामा आकस्मिक अवतरण गराइएको छ।

काठमाडौंबाट बिहीबार पर्वत जाँदै गरेको देउवा सवार हेलिकप्टर गोरखाको पालुङटारस्थित आँपपिपलमा आकस्मिक अवतरण गरेको हो।

पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै गरेका देउवा सवार उक्त हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए। 

आकस्मिक अवतरण गरेको हेलिकोप्टर मौसममा सुधार आएपछि पर्वत पठाइने बताइएको छ। उक्त हेलिकोप्टरमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ पनि सवार थिए। 


 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १३:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया