बालुवाटारमा योगाभ्यास गर्दै प्रधानमन्त्री (फोटो फिचर)

काठमाडौं : राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष कार्यक्रम गरिएको छ। योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको हो।

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्‍ने नारासहित प्रधानमन्त्री निवास बालुवाटारमा योग दिवस मनाइएको हो। दिवसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए। 

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो। कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका हुन्। योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए।

योगगुरु डा. हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताए। नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइन्छ।

दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोभिड-१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा  वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका थिए। 





 

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १३:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया