जन्ती बस दुर्घटना हुँदा गुल्मीमा बेहुलासहित १३ घाइते

गुल्मीमा जन्ती बस बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी बेहुलासहित १३ जना घाइते भएका छन् । 

कालीगण्डकी २ अर्बेनी कोटबाट केहुली लिन स्याङ्जाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप खर्कनजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिप सडकबाट अन्दाजी १८ मिटर तल खसेको थियो । प्रहरीका अनुसार जिपमा सवार १३ जना घाइते भएका छन् । 

घाइते हुनेमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय बेहुला कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे, ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोविन्द पाण्डे, २० वर्षीय नवीन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय विष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे र ५५ वर्षीय खिमानन्द पाण्डे छन् । 

घाइतेहरुको स्याङ्जाको मिर्मीमा उपचार भइरहेको छ । प्रहरीले जिपचालक स्याङ्जा कालीगण्डकी ४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १८:३९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया