भारत-अस्ट्रेलिया चौथो टेस्ट जारी, भारतका ४ महत्वपूर्ण खेलाडी खेल्न पाएनन्

भारत र अस्ट्रेलियाको चौथो टेस्ट सुरु भएको छ । ब्रिसबनस्थित गाब्बा मैदानमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ । पहिलो दिनको दोस्रो सेसन चलिरहँदा अस्ट्रेलियाले २ विकेटको क्षतिमा ७२ रन बनाएर खेलिरहेको छ । 

अस्ट्रलियाले दुवै ओपनरलाई सस्तैमा गुमाएको थियो । वार्नर १ रन बनाएर आउट हुँदा अर्का ओपरन मार्कस ह्यासिर ५ रन बनाएर आउट हुँदा अस्ट्रेलियाले १७ रनमै २ विकेट गुमाए सकेको थियो । 

मार्नस लाबुशेन र स्टेभेन स्मीथले पारी सम्हालिहेका छन् । लाबुशेन १९ र स्मीथ ३० रन बनाएर खेलिरहेका छन्। 

यस खेलमा भारतले तेस्रो टेस्टमा खेलेका चार खेलाडी परिवर्तन गरेको छ ।  चोटका कारण रविचन्द्र आश्विन, जसप्रित बुमराह, रविन्द्र जडेजा र हनुमा विहारी टिमबाट बाहिरिएका छन् । उनीहरुको ठाउँमा सार्दूल ठाकुर , मयंक अग्रवाल, टी नटराज, वाशिंटन सुन्दर टोलीमा समावेश भएका छन् । 

४ खेलको टेस्ट श्रंखलामा पहिलो टेस्ट अस्ट्रेलिया, दोस्रो भारतले जितेको थियो । तेस्रो बराबरीमा सकिएको थियो । चौथो टेस्ट जित्ने टोलीले श्रंखला आफ्नो पक्षमा पार्नेछ । 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार ८:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया