स्पेनिस सुपर कपको फाइलनमा बार्सिलोनाको भेट एथ्लेटिक क्लबसँग हुने भएको छ । बिहीबार राति भएको सेमिफाइनलमा एथ्लेटिक क्लब विजयी भएको छ । साविक विजेता रियल मड्रिड २–१ ले हराउँदै एथ्लेटिक क्लबले बार्सिलोनासँगको भेट पक्का गरेको हो ।
स्पेनको मलागा सहरस्थित ला रोसालेडा रंगशालामा भएको खेलमा रियल पहिलो हाफमा २ गोलले पछि परेको थियो । एथ्लेटिक क्लबका लागि दुवै गोल राउल गार्सियाले गरेका हुन् । उनले खेलको १८औं मिनेटमा पहिलो र ३८औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका हुन् ।
रियल मड्रिडका लागि ७३औं मिनेटमा करिम वेन्जिमाले गोल गरेपछि हार टार्न सकेनन् ।
बुधबार राति भएको सेमिफाइनल खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना फाइनलमा पुगिसकेको छ ।
फाइलन खेल आगामी सोमबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।