एन्डी मुरेलाई कोरोना संक्रमण

टेनिसका पूर्व विश्व नम्बर १ खेलाडी एन्डी मुरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्न जानुअघि गरिएको परीक्षणमा मुरेलाई कोरोना संक्रमण देखिएको हो ।

कारोना देखिएसँगै ३३ वर्षीय बेलायती खेलाडी मुरेले अस्ट्रेलियन ओपन गुमाउने सम्भावन बढेको छ । जनवरी १६ मा अस्ट्रेलिया जाने तयारीमा रहेका उनी कोरोना देखिएपछि लन्डनस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।

कोरोना महामारीका कारण आयोजकले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई १४ दिनको क्वारेन्टिन अनिवार्य गरेको । यदि केही दिनमै कोरोना मुक्त नभए मुरले अस्ट्रेलियन ओपन गुमाउने छन् ।

कोरोनाका कारण केही ढिला गरी सुरु हुन लागेको अस्ट्रेलियन ओपन यस वर्ष  फेब्रुअरी ८ देखि २१ सम्म मेलवर्न पार्क, रोड लेभर एरिना र मार्गेट कोर्ट एरिनमा हुँदैछ ।





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १२:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया