महिला लिगको विजेताले १५ लाख पाउने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ ७ देखि सुरु गर्न लागेको राष्ट्रिय महिला लिगको विजेताले ट्रफीसहित १५ लाख प्राप्त गर्नेछ । उपविजेताले ८ लाख, तेस्रो हुने टिमले ५ तथा चौथो हुने टिमले ३ लाख पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले समान ५०–५० हजार प्राप्त गर्नेछन् । अनुशासित टिमले १ लाख ५० हजार पाउनेछ । हरेक खेलका ‘प्लेयर अफ द म्याच’ले ५ हजार पाउने छन् ।

रूपन्देहीमा भएको छनोट प्रतिायोतिाबाट चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले लिगमा स्थान बनाएका थिए । यी चार टिमसँगै तीन विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले लिग खेल्न छन् ।

प्रतियोगितामा सहभागी टिमलाई एन्फाले तयारीका लागि १ लाख तथा कोराना राहत स्वरुप ५० हजार उपलब्ध गराउनेछ ।

हेरक टिममा २३ खेलाडी र ७ अफिसियल हुनेछन् । एन्फाले हरेक टिमले ४ विदेशी खेलाडी राख्न र खेलाउन पाउने व्यवस्था गरेको छ ।

सहभागी सबैलाई खाने तथा बस्ने व्यवस्था र प्रतिायोगिताको दौरान कोरोनाको शंका लागेमा आइसोलेसनको व्यवस्थाका साथै प्रतियोगिता सुरु हुनुअघि पिसिआर परीक्षण पनि एन्फा आफैंले गर्ने जनाएको छ ।



फागुन ७ सम्म चल्ने प्रतियोगिताको उद्घाटन तथा समापन त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।



  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १४:५०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया