इन्डोनेसियमा शक्तिशाली भूकम्प, कम्तीमा १५ को ज्यान गयो

दक्षिणी पूर्वी एशियाली देश इन्डोनेशियाको सुलावेसी द्वीपमा स्थानीय समयानुसार मध्यराति शक्तिशाली भूकम्पबाट कम्तीमा १५ जनाले ज्यान गुमाएका छन्। भूकम्पछि आएको पहिरोका कारण हजारौँ मानिसले मध्यराति घर छाडेर भाग्नु परेको छ।

भूकम्प र पहिरोमा परेर अहिलेसम्म ६ सय बढी घाइते भएका छन्। समाचार अनुसार ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्नेछ। यो भूकम्प ६.२ म्याग्निच्यूडको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

इन्डोनेशियाली अधिकारीका अनुसार भूकम्प प्रभावित इलाकाबाट विवरण आइरहेका छन्। राष्ट्रिय आपतकाल उद्धार एजेन्सीले जारी गरेको भिडियोमा एक बालिका भग्नावाशेषमा फसेपछि उद्धारका लागि गुहार लगाइरहेको देखिएकी छन्। उनकी आमा पनि भग्नवाशेषमा जीवितै छिन् तर बाहिर निस्किन सकेकी छैनन्।

टिभी च्यानलका अनुसार भूकम्पबाट एक अस्पताल पनि क्षतिग्रस्त भएको छ। बिरामीहरुलाई बाहिर निकालेर टेन्टमा राखिएको छ। अमेरिकी भौगर्भिक सर्भेले  करिब २ हजार मानिसलाई अन्यत्र सारिएको जनाएको छ। यो भूकम्प शुक्रबार सबेरै बिहान गएको थियो।

यस भूकम्पको केन्द्र पश्चिम सुलावेसी प्रान्तको मामुजु जिल्लामा पृथ्वीको सतहबाट १८ किलोमिटर तल गएको हो। यसै क्षेत्रमा समुद्रभित्र बिहीबार पनि ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो। इन्डोनेशियाली आपत्कालीन एजेन्सीका अनुसार ८ जना मानिसको घरले किचेर ज्यान गएको हो। केवल मजेने जिल्लामै ६ सय जना घाइते छन्। त्यहाँ ३ सय घर क्षतिग्रस्त भएका छन्। १५ हजार मानिसले अन्यत्र आश्रय लिनुपर्ने भएको छ। 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १५:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया