नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’ प्रयोग गर्न अनुमति

काठमाडौं : सरकारले नेपालमा आपतकालीन प्रयोग गर्ने गरी भारतमा उत्पादित कोरोनाविरुद्धको खोपलाई अनुमति दिएको छ। कोरोना खोपको आपतकालीन प्रयोग अनुमति दिइएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागले शुक्रबार दिएको हो।

नेपालमा आपतकालीन प्रयोगका लागि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको 'कोभिसिल्ड' प्रयोगका लागि सरकारले स-सर्त अनुमति दिएको हो। स्वास्थ्य सेवा विभागका अनुसार 'कोभिसिल्ड' बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोपको भारतीय संस्करण हो।


 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १६:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया