नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल ब्याडमिन्टनको विश्व वरीयताको जुनियरतर्फ ८ स्थान सुधार गर्दै तेस्रो नम्बरमा उक्लिएका छन् । उनको रेटिङ प्वइन्ट १०,४०० छ ।
ब्याडमिन्टनको विश्व महासंघले निकालेको नयाँ वरीयताअनुसार प्रिन्स तेस्रो स्थानमा अटाएका हुन् । १३,५५० रेटिङ प्वइन्टका साथमा डेनमार्कका म्याड्स मोलर शीर्ष स्थानमा र १३,१५० रेटिङ प्वइन्टका साथमा भारतका वरुण कपुर दोस्रो स्थानमा छन् ।
कोरोनाका कारण सन् २०२० को मार्च १७ यता कुनै पनि ब्याटमिन्टनका अन्तर्राष्ट्रिय खेल भएका छैनन् । योभन्दा अगाडिकै प्रदर्शनलाई आधार मानेर नयाँ वरीयता सार्वजनिक गरिएको हो ।
प्रिन्सको यो वरीयता कुनै पनि नेपाली ब्याड्मिन्टन खेलाडीले प्राप्त गरेको हालसम्मकै सबैभन्दा उच्च हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।