सरकारलाई दाहाल-नेपालको चेतावनी : भारतले मिचेको भूमि फिर्ताका लागि वार्ता नगर्नू

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहले भारतद्वारा मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिएको छ। दाहाल-नेपाल समूहको पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतसँगको वार्ता अघि नबढाउन चेतावनी दिएको हो।

बैठकपछि निर्णय सुनाउँदै दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले काम चलाउ सरकारले भारतसँग वार्ता गर्ने कुरा राष्ट्रिय हितविपरीत हुने बताएका छन्।

'नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गराउन हामीले नै पहल र प्रयत्न गरेका थियौँ। तर सरकारले नक्सा छाप्ने कुरामा समेत ढिला गरेको थियो। प्रधानमन्त्रीलेसमेत यसमा ध्यान दिएका थिएनन्', उनले भने, 'तर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर सरकार नै काम चलाउन बनिसकेको अवस्थामा यसलाई लिएर भारतसँग वार्ता गर्ने कुरा राष्ट्रिय हितविपरीत छ।'

नेकपा दाहाल-नेपाल समूहले यदि त्यसरी वार्ता गरिएमा आफूहरुलाई मान्य नहुने पनि चेतावनी दिएको छ। 'काम चलाउ सरकारले दीर्घकालीन असर गर्ने कुनै पनि कुरामा भारतसँग वार्ता गर्नु हुँदैन, त्यो राष्ट्रिय हितविपरीत छ', रावलले भने, यदि त्यसो गरिएमा त्यो वार्ता हाम्रा लागि अमान्य हुन्छ, हामी प्रतिरोधमा उत्रिने छौँ।'

भिडियो





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १७:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया